नियम ३१
अवहेलनामा कारबाही चलाउन निवेदन दिनु पर्र्ने
(१) ऐनको दफा २७ को उपदफा (२) बमोजिम अवहेलनामा कारबाही चलाउनु पर्दा ऋण असुली अधिकृतले न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरण समक्ष सो व्यहोरा खुलाइ निवेदन पेश गर्नु पर्नेछ ।
(२) ऋण असुली अधिकृतले दिएको आदेशको कसैले उल्लंघन गरेको व्यहोरा उपनियम
(१) बमोजिम न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणले प्राप्त गरेमा न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणले त्यस्तो व्यक्तिलाई ऐनको दफा ३० बमोजिम अवहेलनामा कारबाही चलाउन सक्नेछ ।